राजनीति

जनताको समस्या संकलन गरेर प्रधानमन्त्री र पार्टी सभापतिलाई बुझाउने अमरेशको तयारी, वैशाखमा मध्यपहाडी लोकमार्गको पदयात्रा गर्ने

०
Banner

जनकपुरधाम, कात्तिक ३० –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताउनुभएको छ ।

सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पु¥याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो । उहाँकाअनुसार पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिनेछ । एउटा प्रति पार्टी सभापतिलाई पुस्तकका रूपमा हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>