समाचार

डिपी अर्यालविरुद्ध प्रहरीमा उजुरी

Banner

काठमाडौँ, असार १७-
सुमिरे टुर एन्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले चासो राखेको छ । विगत १० वर्षदेखि भिजिट भिषामा जापान पठाउँदै आएको सो ट्राभल्सको बारेमा संसदमा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव वेचविखन ब्युरोले चासो राखेको हो ।

प्रतिनिधि सभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाएका थिए । सो आरोपपछि प्रहरीको मावनवेचविखन ब्युरो सक्रिय भएको थियो । तर यो विषयलाई गोप्य राखेको छ । तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सो ट्राभल्सको बारेमा कहीँ कतैबाट उजुरी नआएको बताए । ‘यस्ता विषयहरूमा प्रहरीको चासो हुन्छन् तर सो ट्राभल्सको हकमा कहीँ कतै उजुरी परेको छैन, संसदमा के के विषयहरू उठ्छन् त्यसमा हाम्रो ध्यान छैन’, प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भने ।

उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभलबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । तर प्रहरीले अहिलेसम्म कुनै सामाग्री फेला पार्न सकेको छैन । सुमिरे ट्राभल्सको बारेमा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गरेका थिए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका छन् । केही मानिसहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको पनि उनले बताएका थिए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>