देश/प्रदेश

बाढी घरमा पस्दा महिला बेपत्ता

Banner

त्रिशूली (नुवाकोट), असार १३-

अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका १ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता हुनुभएको छ ।

बिमचा खोल्सी (कोल्पु खोला) मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उहाँको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>