देश/प्रदेश

चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

Banner

काठमाडौँ, जेठ २५-

सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ। आज (आइतबार) बिहान कोशी ब्यारेजको ५५ नम्‍बर ढोका नजिकैबाट बेपत्ता सुरजको शव फेला परेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो।

उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>