देश/प्रदेश
नागढुंगाबाट ४५ लाख बढीको सुनसहित भारतीय नागरिक पक्राउ
०

काठमाडौँ, जेठ २३-
काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन्। झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार भारतीय नागरिक ४५ लाख बढी मूल्यको सुनसहित नागढुंगाबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४.८३ ग्राम सुन बरामद भएको छ। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो। थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























