Breaking News

यातायात व्यवसायीको आन्दोलन फिर्ता, अब सार्वजनिक यातायात चल्ने

Banner

काठमाडौं,जेठ २०-

यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिने भएको छ। संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली स्थगित गरेसँगै आन्दोलन फिर्ता गरेको हो।

गण्डकी प्रदेश सरकारले १ महिनाका लागि राइड सेयर नियमावली स्थगित गरेको छ। प्रदेश सरकारको निर्णयसँगै यातायात व्यवसायीहरूको संघर्ष समितिको बैठकले नेपाल भर सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम खुल्ला गर्ने निर्णय गरेको हो। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले सार्वजनिक यातायात नियमित रुपमा सुचारु हुने जानकारी दिएका छन्। व्यवसायीको माग बमोजिम प्रदेश सरकारले नियमावली स्थगन गरेकाले आन्दोलनका कार्यक्रम स्थगन गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>