देश/प्रदेश

तातोपानीमा धर्मशाला निर्माण

Banner

जुम्ला, जेठ २०-

तातोपानी गाउँपालिका–४ फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधा सम्पन्न धर्मधाला निर्माण गरिएको छ । गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो ।

तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाखको लागतमा धर्मशाला निर्माण गरिएको हो ।

धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ । गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ । गिडिदहको लम्बाई एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराई ४२ दशमलव ८ मिटर रहेको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो । धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>