देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Banner

मलङ्गवा (सर्लाही) , जेठ २०-

बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा निजको मृत्यु भएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>