देश/प्रदेश

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

Banner

कपिलवस्तु, जेठ २०-

कपिलवस्तुमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा आज (मंगलबार) बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमाको मृत्यु भएको छ । बाटोमा खेलिरहेकी प्रतिमालाई जामिया अहले सुन्नत नजियाको बसले ठक्कर दिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>