देश/प्रदेश
राष्ट्रिय एकता प्रवर्द्धन गर्न गणतन्त्र दिवसबाट ऊर्जा मिल्ने
०
गण्डकी, जेठ १५-
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अठारौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गनुभएको छ ।
आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन यो दिवसबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
सन्देशमा उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन र विकासका निम्ति काम गर्नुपर्नेमा जोड दिनुभएको छ । “गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ । जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ”, सन्देशमा भनिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























