राजनीति

रविको बन्दी प्रत्यक्षीकरण रिट फेरि ‘हेर्न नमिल्ने’ मा

Banner

काठमाडौं,जेठ ५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ। पटक–पटक हेर्न नमिल्नेमा पर्दै आएको रिट सोमबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले परेको थियो।

यो इजलासले पनि हेर्न नमिल्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए। ‘हेर्न नमिल्ने भन्ने आएको छ। कुन न्यायाधीशले किन भन्ने आइसकेको छैन।’ प्रवक्ता कुईंकेलले भने, ‘आदेश हेरेपछि मात्र भन्न सकिन्छ।’

लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ। आइतबार लामिछानेको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले पनि हेर्न नमिल्ने भएपछि हेर्न नमिल्नेलाई छाडेर बाँकीमा राख्न आदेश गरेको थियो। उक्त आदेशसँगै सोमबार प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा परेको थियो।

सामान्यतः बन्दी प्रत्यक्षीकरणको रिटलाई अग्राधिकार दिने गरिन्छ तर लामिछानेको यो मुद्दा योसँगै छैटौं पटक हेर्न नमिल्नेमा परेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>