राजनीति
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छः प्रचण्ड
०

काठमाडौँ, जेठ २-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् ।
मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ’, उनले भने, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























