राजनीति
हाम्रो ध्यान सरकार तिर छैन्, जनता तिर छः प्रचण्ड

धनगढी, जेठ २-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफूहरू सरकारतिर भन्दा जनता तिर बढी केन्द्रीत भएको बताए ।
‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ । चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो । उनले भने– जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउनेतिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’
सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारवाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको बताए ।

























