राजनीति
रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
०

पोखरा,जेठ १-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बिहीबार उच्च अदालत पोखरामा सरकारी वकिलले बहस सुरु गरेका छन् ।
मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा सुनुवाइ भएको हो । उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस थालेका हुन् । मुद्दामा शुक्रबार पुनः सरकारी वकिलको बहस हुने अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।
यो प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र पूर्वप्रदेश सांसद मीना गुरुङसमेत मुछिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























