राजनीति

कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन

Banner

काठमाडौँ, जेठ १-

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले मन्त्री वा नेता नचिने पनि व्यवसाय गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार (आज)संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै पुनले यसमा जोड दिएका हुन्।

‘कोही कसैले पार्टी नचिने पनि, नेता नचिने पनि, प्रशासक वा मन्त्री नचिने पनि उसले चाहिँ व्यवसाय गर्न सकोस्, प्रतिस्पर्धा गर्न सकोस्। त्यस्ता खालको नीतिमा चाहिँ हामीले विकासको काम, उद्यमको काम गर्न सकियोस्, उनले भने।’

अगाडि उनले भनेका छन्, ‘आसेपासे पुँजीवाद हुँदै हुँदै गएर चाहिँ बिचौलियाहरूले चलाउनेतिर गयो। त्यो होइन, यस्तो अराजकता चल्दैन। र, त्यहाँनेर चाहिँ हामीले कानून त बराबर हुनुपर्छ। कानूनी शासन हुनुपर्‍यो निजी क्षेत्रलाई पनि, प्रतिस्पर्धी खालको हुनुपर्‍यो। एउटै प्रतिस्पर्धा ग्राउन्ड हुनुपर्‍यो। त्यो सिद्धान्तमा आधारित भएर हाम्रा नीति कार्यक्रमहरू बजेटहरू आओस्। राजस्वका त्यस्तै नीतिहरू बनून्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>