राजनीति

सरकारले किर्ते जाहेरी तयार गरेर रविलाई फसायो: सोबिता

Banner

काठमाडौं, जेठ १-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध फौजदारी अभियोग लगाइएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गौतमले लामिछानेमाथि किर्ते र जालसाजीको आशंकासहित फौजदारी अभियोग लगाए पनि त्यसको कानुनी आधार कमजोर रहेको जिकिर गरिन् ।

‘अहिले सार्वजनिकरूपमा जाहेरीकर्ताका रूपमा देखाइएका व्यक्तिहरू आफैँले कुनै किटानी जाहेरी नदिएको, नामसमेत आफ्नो जानकारीबिना अभियोगपत्रमा समावेश गरिएको बताएका छन्’, उनले थपिन्, ‘राज्यले किर्ते जाहेरी तयार गरी एक उदाउँदो राजनीतिक नेतृत्वलाई लक्षित गरेर मुद्दा खडा गरेको यसले देखाउँछ ।’

उनले अनुसन्धान प्रक्रियामा पूर्वाग्रह, बिनापक्राउ पुर्जी पक्राउ र किटानी जाहेरी नभएका अवस्थामा पनि अभियुक्त बनाउने कार्य संविधान र मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको टिप्पणी गरिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>