राजनीति

सहकारी ठगीः सांसद माया राईविरुद्ध ३७ लाख बिगोसहित मुद्दा दायर

Banner

काठमाडौं, वैशाख ३०-

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा पूरक अभियोजनमार्फत सहकारी ठगी र संगठित अपराधको कसुरमा राईसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो।

राईलाई वैशाख १३ गते कपनबाट प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई स्वर्णलक्ष्मी सहकारीको उपाध्यक्षको हैसियतमा ठगीमा संलग्न भएको आरोप लगाइएको छ।

मंगलबार अदालतमा पेस गरिए पनि समय अभावले थुनछेक बहस हुन सकेन। बुधबार थुनछेक बहस हुने र उनलाई प्रहरी हिरासतमै राखिने बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>