Breaking News

चितवनको खैरहनीमा क्याफेमा खाजा खाइरहेका व्यक्तिमाथी धारिलो हतियार प्रहार, दुई जना पक्राउ

Banner

चितवन, वैशाख ३०-

चितवनको खैरहनी नगरपालिकामा कुटपिटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । आज (मंगलबार) खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ४ का मिलन रुम्बा र विशाल लामा रहेका छन् । गैडाकोट घर भएका सरोज क्षेत्री लगायतका तीनरचार जना व्यक्तिहरूले क्याफेमा खाजा खाइरहेको समयमा दिपेन्द्र सिंह गोले, गणेश लामा र अमृत आचार्यलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कुटपिटबाट गोलेको बायाँ हातको नाडीमा गहिरो चोट लागेको छ भने लामाको बायाँ हात र तिघ्रामा मध्यम चोट लागेको बताइएको छ । आचार्यलाई सामान्य चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर ल्याइएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>