राजनीति

लिङदेनको चेतावनीः आन्दोलन कमजोर ठाने बढारिनुपर्ला

Banner

काठमाडौं, वैशाख २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् ।

बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने चेतावनी समेत दिएका हुन् ।

“यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ । आग्रह छ, बढार्न नपरोस्,” उनले भने ।

राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि आगामी जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने घोषणा राजवादीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>