राजनीति

बुवा चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको छ: गंगा

Banner

काठमाडौँ, वैशाख २४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डिस्चार्ज भएका छन्। गएराति बाथरुम जानेक्रममा लडेर घाइते भएका दाहाल उपचारपछि आज (बुधबार) बिहान मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको हो ।

गएराति घरमै लडेर घाइते भएका दाहाललाई करिब १२ बजेतिर अस्पताल पुर्‍याइएको थियो । उपचारपछि उनलाई डिस्चार्ज गरी घर ल्याइएको छोरी गंगा दाहालले जानकारी दिइन्। ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँछु, छोरी गंगाले फेसबुकमा लेखेकी छन्, बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>