राजनीति

रवि लामिछानेको अर्को निवेदन दर्ता

Banner

काठमाडौं, वैशाख २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै निवेदन सच्याउन माग गर्दै अर्को निवेदन दर्ता गराएका छन् । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् ।

पहिलो निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएकाले म्याद बुझाउन अप्ठ्यारो परेको थियो । त्यो त्रुटि सच्याएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बनाउन माग गर्दै अर्को निवेदन दिइएको लामिछानेका वकिल एवं अधिवक्ता डा. नारायण कँडेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>