राजनीति
नौटंकी सरकारको भण्डाफोर गर्नुपर्छः झलनाथ खनाल
०

काठमाडौं, वैशाख २०-
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन आफ्नो पार्टीको अन्तिम लक्ष्य नभएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘नौटंकी’ को संज्ञा दिँदै यसको भण्डाफोर गर्न निर्वाचनमा बढीभन्दा बढी सिट जित्नुपर्ने बताए।
“चुनाव कार्यनीतिक लक्ष्य हो, तर हाम्रो मुख्य लक्ष्य होइन। यदि हामीले निर्वाचनमा धेरै सिट जित्यौँ भने संसद्मा गएर यो नौटंकी सरकारको भण्डाफोर गर्न सक्छौँ,” खनालले भने।
खनालले सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोली बढी र कार्यान्वयन कम भएको टिप्पणी गरे। “यो नीति तथा कार्यक्रम नौटंकी मात्र हो। बोल्ने कुरा धेरै छन्, तर गर्ने कुरा निकै कम,” उनले भने।