समाचार

भारतमा नेपाली विद्यार्थीको मृत्युको घटनाको विरोध गर्दै विद्यार्थीले गरे प्रदर्शन

Banner

काठमाडौं, वैशाख १९-

पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएका थिए । उनीहरुले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

स्ववियु सभापति भूपी ऐरले घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेको बताइन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>