राजनीति
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा
०

काठमाडौँ, वैशाख १८-
नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित हुनुभएको छ । महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ ।
त्यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ । महासङ्घले समसामयिक बिषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ । रासस