राजनीति

देउवाको आग्रहः विकासमा योगदान पुर्‍याउनुहोस्

Banner

काठमाडौँ, वैशाख १८-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सिप र पुँजीलाई स्वदेशमा प्रयोग गरेर देशको आर्थिक, सामाजिक विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली जनसम्पर्क समिति समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘तपाईँहरूले विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गर्न यहाँहरूलाई आग्रह गर्दछु,’ सभापति देउवाले भने, ‘त्यसका लागि के कस्ता नीतिगत परिवर्तन गर्नुपर्दछरु हामीले निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति बनाएर कार्यान्वयन गर्नेछौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>