राजनीति

गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

Banner

काठमाडौँ, वैशाख १६-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा अधिवक्तात्रय विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज निवेदकको तर्फबाट बहस गरेका हुन् । उनीहरुले आइतबार सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए ।

थापाले बिहीबार आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि ५२ संवैधानिक नियुक्ति मुद्दाको टुंगो नलगाइ सर्वोच्चले डिल गरेको अभिव्यक्ति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>