घटना -दुर्घटना

बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो

Banner

काठमाडौं, वैशाख १६-

काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।

उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>