राजनीति

कांग्रेस सांसदको चुनौती: कि प्रमाण ल्याऊ, नत्र माफी माग

Banner

काठमाडौं, वैशाख १५-

नेपाली कांग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष लिङदेन र सांसद अमेरकुमार सिंहले कांग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीमा संलग्न भन्दै लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण कांग्रेसका नेता कार्यकर्तालाई दिन माग गरिन् ।

उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भने उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।’ लिङदेनले भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>