राजनीति

मेटालाई प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा छानबिन गर्नुस्ः असिम

Banner

काठमाडौं, वैशाख १४-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले मेटालाई नेपालमा प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पहिले आफ्नो नीति सुधार गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिङ्गो नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने गरी कम्पनीसँग संयमित भएर वार्ता गर्न सुझाव दिएका हुन् । उनले भने, ‘साना उद्योगदेखि ठूला व्यापारसम्म यसको प्रयोग हुन्छ। लाखौँ साना उद्यमी, स्टार्टअप व्यवसायीहरू यिनै माध्यमबाट आफ्नो जीवन र व्यवसाय धानिरहेका छन्। त्यसैले, मेटालाई नेपालमा दर्ता गराउनुपर्छ र विदेशी कम्पनीहरूले नेपालको कानुन र नीतिलाई सम्मान गर्नै पर्छ भन्ने कुरामा कुनै दुई मत छैन। तर हाम्रो कानुन तथा नीतिमै केही उल्झनहरू छन् भने सो को समाधान नगरी चेतावनी मात्र दिने हो भने, त्यो लाजमर्दो हुनेछ । मेटाले अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ ? यसको गहिरो छानबिन होस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>