राजनीति

सर्वोच्चले भन्यो ‘डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखियो’

Banner

काठमाडौं, वैशाख ११-

सर्वोच्च अदालतले अमेरिकाबाट भुटान हुँदै नेपाल फर्काइएका चार भुटानी शरणार्थीहरूलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरेको छ । उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको दुरुपयोग गरी उनीहरूलाई थुनामा राखिएको ठहर गरेको हो ।

सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गर्न आदेश दिँदै स्थानहदमा राख्न आदेश दिएको हो । अध्यागमन कार्यालय, झापाले उनीहरूलाई स्थानहद तोकेको भन्दै इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखेको थियो । अध्यागमन नियमावली, २०५१ को नियम ४४(१) मा डिपोर्ट गर्नुपर्ने विदेशीहरूलाई नेपालबाट प्रस्थान नगरुञ्जेल (अध्यागमन) विभागले तोकेको वा उपलब्ध गराएको स्थानमा बस्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>