राजनीति
सरकारको बारे होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छः प्रधानमन्त्री
०

काठमाडौँ, बैशाख ११-
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाऊ र सरकार बचाउ भनेर नेकपा एमाले नकराएको बताएका छन्। सरकार ढल्ने हल्लाबिच प्रधानमन्त्री ओलीले दिएको मन्तव्यमा यस्तो सुनिएका हुन्।
‘सरकारको बारेमा धेरै होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ बिहीबार एमालेले आयोजना गरेको युवा उत्सव (युथ सेलेब्रेसन)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसै कारण एमालेले सरकार बनाऊ र सरकार बचाउ भनेर भनेर कराएको छैन।’
यति बेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा सङ्कल्पसाथ बनेको सरकार रहेको दाबी गर्दै यसले स्थिरता र स्थायित्वका लागि योगदान दिएको दाबी गरे। ‘हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो। गतिशीलताको स्थिरता हो। जनताको अभिमतसहितको स्थिरता हो’, प्रधानमन्त्री ओलीले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























