राजनीति

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई अझै ३ दिन हिरासतमा राखिने

Banner

काठमाडौँ,बैशाख ११-

राप्रपाका नेता रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २४ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उनीहरुमाथि राज्य विरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। तीनकुनेमा चैत १५ गते आयोजित पूर्वराजा समर्थकहरुको प्रदर्शन हिंसात्मक बनेको थियो। सोही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंसमेत २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सो मुद्दामा अनुसन्धानका लागि समातिएका राप्रपाका महामन्त्री धवल शमशेर जबरा क्यान्सरको उपचारका लागि हाजीर जमानिमा रिहा भएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>