अर्थ वार्ता

ट्रम्पको धम्कीले सुनको मूल्यमा भारी वृद्धि

Banner

काठमाडौं, वैशाख ९-

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ ।

मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव पर्नेछ । सोमबार नेपाली बजारमा प्रतितोला १ लाख ९१ हजारमा सुनको कारोबार भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक ९फेडरल रिजर्भ०लाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्’ ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन् ‘अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’ साथै उनले ब्याजदर तत्काल घटाइहाल्न फेडका अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।

शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकैपटक सोमबार मात्रै देखिएको हो । उनले ब्याजदर कटौती नगरेकोमा फेडका अध्यक्ष जेरोम पावेलको आलोचना गरेका छन् ।

ट्रम्पले हस्तक्षेप गर्दा केन्द्रीय बैंकका नीति अस्थिर हुने र यसले अर्थव्यवस्थामा खराब असर पर्ने अनुमानपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । यसले सुनको मूल्यमा भारी वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>