राजनीति

विमानस्थल निर्माणमा आफ्नो अनियमितता पुष्टि गर्न योगेशको चुनौती

Banner

काठमाडौं, वैशाख ८-

नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

२०७६ साउन १५ गतेदेदि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्री रहेका भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् ।

‘‘पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ,’ भट्टराईले लेखेका छन् । आफूले गल्ती गर्ने र अर्कोलाई आरोप लगाउने प्रवृतिबारे आफू जानकार रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>