राजनीति

गणतन्त्र सुदृढीकरण गर्ने विषयमा हाम्रो पहिलादेखि नै सहमति छः प्रचण्ड

Banner

काठमाडौँ, वैशाख ७-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीन दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी कामको विषयमा छलफल भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन दलका शीर्ष नेताहरूसँगको छलफलका क्रममा शान्ति प्रक्रियाकाका बाँकी कामका विषयमा छलफल भएको बताएका हुन्।

‘हिजोको बैठकमा प्रधानमन्त्रीज्यूले गणतन्त्रका विषयमा कुरा उठाउनुभयो,’ उनले भने, ‘गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत छैन, हाम्रो पहिलादेखि नै यसमा सहमति छ।’

गणतन्त्र खतरामा छ भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको पनि उनले बताए। प्रचण्डले जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरामा छ भन्ने पुष्टि नहुँने स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>