राजनीति

राप्रपाका ७ नेताले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

Banner

काठमाडौं,बैशाख ६-

राप्रपाका ७ जना नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय राजावादी गतिविधि बढिरहेका बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले शुक्रबार बिहान पूर्वराजालाई निर्मल निवासमा भेट गरेका हुन् । भेटमा लिङ्देनसहित नेताहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सहभागी थिए ।

राप्रपाका उपाध्यक्ष समेत रहेका तामाङले पूर्वराजासँग भेट भएको पुष्टि गर्दै नियमित भेट भएको बताए । सो क्रममा शुभकामना आदान प्रदानका साथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>