अन्तर्राष्ट्रिय
दिल्लीमा भवन भत्किँदा चारजनाको मृत्यु, दशजना पुरिएको आशंका
०

काठमाडौं, वैशाख ६-
दिल्लीको मुस्तफाबाद क्षेत्रमा एक भवन भत्किँदा चारजनाको मृत्यु भएको छ । धेरै मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
अन्य आठदेखि दशजना भग्नावशेषमुनि फसेको अधिकारीहरूले आशंका गरेका बीबीसीले जनाएको छ ।
अग्नि नियन्त्रक राजेन्द्र अटवालले फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताए । अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोलीले काम गरिरहेको बताए ।