राजनीति

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन, सरकार ढल्दैनः गृहमन्त्री लेखक

Banner

काठमाडौं, वैशाख ६-

गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन् । सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने उनले बताए ।

नेपाली कांग्रेसका पदाधिकारीले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने बताएका हुन् ।

आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’

कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनुपरिरहेको उनले बताए । ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ,’ मन्त्री लेखकले भने, ‘कुनै समस्या छैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले एमाले नेतृत्वको वर्तमान सरकार धेरै ‘लामो समयसम्म नजाने’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>