राजनीति

संविधान संशोधन हुँदा नवलपुर जिल्ला हुन्छः प्रधानमन्त्री ओली

Banner

चितवन, वैशाख ५-

प्रधानमन्त्री केपी शर्मा ओलीले अब संविधान संसोधन हुँदा नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको नाम परिवर्तन गरिने बताएका छन् । नेकपा एमाले गैंडाकोट नगरकमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संविधान बनाउँदा यो नाम खासै ख्याल नगरिएको बताउँदै अब संविधान संशोधन हुँदा नवलपुर राखिने बताए । त्यसका लागि प्रक्रिया मिलाएर आउन उनले आग्रह गरे ।

‘संविधानको अनुसूचीमा मिलाए हुने कुरा हो, त्यतिबेला ख्याल भएन’ प्रधानमन्त्री ओलीले भने, ‘अब संविधान संशोधन हुँदा मिलाउनुपर्छ ।’ वि.स. २०७२ सालमा संविधान जारी हुँदा नवलपरासी जिल्लालाई टुक्राएर नवलपरासी बर्दघाट सुस्ता(पश्चिम) र नवलपरासी बर्दघाट सुस्ता (पूर्व) गरी दुई जिल्ला बनाइएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>