राजनीति

महामन्त्री थापाले भने ‘अब गनगन र रुवाबासी गर्ने होइन’

Banner

काठमाडौँ, वैशाख ५-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीमा समस्या देखिएको बताउँदै गनगन र रुवाबासी गर्न नहुने बताएका छन्। शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए। उनले वैदेशिक रोजगारीमा कस्ता मान्छे गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको पनि बताए। उनले वैदेशिक रोजगारीका समस्या समाधान गर्न अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर काम गरिरहेको दाबी गरे।

थापाले भने, ‘नेपाली काँग्रेस पार्टीले समस्या मात्र देखाएर हुँदैन‚ अब समाधान पनि दिनुपर्छ। काँग्रेसले नेपालमा रोजगारीको समस्या छ‚ समाधान दिने हो। वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो। अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन। अब समस्या भएको क्षेत्रमा काँग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाउन आवश्यक छ।’

महामन्त्री थापाले नेपाली काँग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिन सक्नुपर्ने बताए। नेपाली काँग्रेसले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिन सक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए। मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिने गरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>