राजनीति

ओली र देउवाबीच भेटवार्ता

Banner

काठमाडौं, वैशाख २-

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार ओली र देउवाबीच करिब एक घन्टा कुराकानी भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षालगायत विषयमा कुराकानी भएको थियो।

दुई दलीय संयन्त्रको बैठक बोलाएर विभिन्न समस्याहरूको समाधानका लागि उपायको खोजी गर्ने विषयमा उनीहरूबीच समझदारी बनेको छ।

साथै पूर्वसहमतिअनुसार गठबन्धनलाई निरन्तरता दिने र केही कुराहरू भए संयन्त्रको बैठक गरी छलफल गर्ने विषयमा उनीहरूबीच समझदारी बनेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>