समाचार
राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला
०

काठमाडौं, वैशाख १-
राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ । गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए ।
विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । पर्यटक भिसामा नेपाल बस्दै आएका उनलाई प्रहरीले चैत १४ गते माइतीघरबाट पूर्वराजाको पक्षमा नारावाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।