Breaking News
ओमानमाथि नेपालको सहज जित
०

काठमाडौं, वैशाख १-
नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो ।
११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिए ।
त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।