Breaking News

आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटः युएईमाथि नेपालको जित

Banner

काठमाडौं,चैत ३१-

आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो । सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण राईले अविजित १०४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले । नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए । दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए । बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।

पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area