खेलकुद

उपाधि जित्न कुवेतबाट नेपालले पायो १७५ रनको लक्ष्य

Banner

काठमाडौं, चैत ३१

हङकङमा जारी हङकङ टी २०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको हो ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए ।

उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए । नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए । यस्तै, कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे । प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>