राजनीति
बालेनले किन हटाए ‘माया’ सम्बन्धी फेसबुक स्टाटस ?
०

काठमाडौं,चैत ३१-
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन् । उनले गएराति १० बजेतिर उक्त स्टाटस राखेका थिए । उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन ।
उनले प्राय रातिको बेला नै अनेकखालका स्टाटस राख्ने गर्दछन् । यस्ता लेखाइमा उनले गाली र प्रशंसा दुवै पाउने गरेकाछन् । ‘मेरो माया लाग्छ ?’ भनेर सोधिएको स्टाटसमा पनि मिश्रित प्रतिक्रियाहरु थिए । उनको यो स्टाटस भाइरल भएको थियो । २ घण्टाको अवधिमै १ लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्टहरु थिए । कतिपयले सामासजक सन्जाल प्रयोग कर्ताले उनको स्टाटस साभार गरेर आफ्नो फेसबुक वालमा समेत राखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























