राजनीति
लोकप्रियतावादको आवरणमा अपराधका योजनाकार हुन्, उन्मुक्ति हुनसक्दैनः शंकर

काठमाडौं, चैत ३०-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको रास्वपाको कुनै लक्ष्य र उद्देश्य नभएको टिप्पणी गरे ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले लोकप्रियतावादको नाममा नीतिविहीनता, उद्देश्य र लक्ष्यविहीनता तथा अराजकतातिर समाजलाई धकेल्ने प्रयास भइरहेको छ । रास्वपाले पुरानाले गर्न सकेनन्, नयाँलाई मौका दिनुपर्छ, जान्नेलाई छान्ने हुन्नुपर्छ भन्थ्यो । पूर्वराजावादीहरुको आपराधिक क्रियाकलापका बारेमा पत्रकारहरुले बोल भन्दा बोल्न चाहेनन् । गणतन्त्रवादीबारे दृष्टिकोण के हो भन्दा न हाँस न त कुखुराको चाल जस्तो । क्या हो ? क्या हो ? यस्ताहरुले समाजको नेतृत्व गर्न सक्छ ? राजनीतिले भनेको स्पष्टताको मार्ग खोज्छ। त्यसैले यस्तो लोकप्रियतावादले समाजलाई अगाडि बढ्न रोक्छ ।’
यस्तै रविबारे उनले भने, ‘त्यस्ता मान्छे जान्नेलाई छान्ने अभियानको नेता बनेका रहेछन् । पाँच वटा सहकारीको रकम अपचलन गरेर टेलिभिजन खोलेका रहेछन् र टेलिभिजन डुबाएछन् । कतिसम्म नजान्ने रहेछन् भन्दा पनि आफैंले काँटेको चेक पनि मैले त हस्ताक्षरमात्रै गरेको हुँ । बाँकी कसले के गर्यो भन्ने कुरा पनि नबुझ्ने, कसैले चेक काँटेपछि कसका लागि हो भन्ने नबुझी त्यसै छाडेर हिँड्छ र ?’

























