राजनीति
उच्च अदालतको आदेशविरुद्ध रविले गरे सर्वोच्चमा पुनरावेदन
०

काठमाडौँ, चैत २९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । आज (शुक्रबार) थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।
सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























