राजनीति

म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ होः दुर्गा प्रसाई

Banner

काठमाडौँ, चैत २९-

मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए । उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे । ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि…’, उनले भने।

भारतबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार काठमाडौँ ल्याएको छ । यद्यपि प्रहरीले उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>