समाचार
वडा कार्यालय तोडफोड
०

काठमाडौं, चैत २७-
पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ को कार्यालय तोडफोड भएको छ ।
गएराति ५-६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।
‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ । तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको छ,’ अध्यक्ष यादवले भने ।
एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले जानकारी दिए ।